किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, छबिधान राईको नेतृत्वमा नयाँ कार्यसमिति ।।।

0Shares

किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, छबिधान राईको नेतृत्वमा नयाँ कार्यसमिति

२१ सेप्टेम्बर २०२६, सोमबार

मलेसिया । किरात राई यायोक्खा विदेश संगठन, मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ सम्पन्न भएको छ। अधिवेशनबाट छबिधान राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

समाचार स्रोत : किरात राई यायोक्खा विदेश संगठन, मलेसिया
स्थान : मलेसिया
समाचारदाता : थाङ्मीचागु डटकम

अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बू प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र लिम्बू विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

त्यस्तै, किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बू, बिजनेस सोसाइटी तथा युवा व्यवसायी एवं नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका संस्थापक अध्यक्ष सुन्दर आले लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, राजनीतिक दलका विदेश संगठनका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

बाढीपहिरो पीडितप्रति श्रद्धाञ्जली

नेपालमा भदौ १० गते आएको प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति अधिवेशनमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। प्रभावितका लागि राहत संकलन गर्ने उद्देश्यले कार्यक्रममा दानपेटिकासमेत राखिएको थियो।

कार्यक्रममा बाढीपहिरो तथा प्राकृतिक विपत्तिसम्बन्धी ६ मिनेट १३ सेकेन्डको भिडियो प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको थियो। त्यसपछि दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो।

किरात समुदायको पहिचान र सामाजिक सहकार्यमा जोड

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बूले शुभकामना मन्तव्य राख्दै किरात समुदायको पहिचान, संस्कार, संस्कृति, एकता तथा सामाजिक सहकार्यका विषयमा धारणा प्रस्तुत गरेका थिए।

मलेसियामा क्रियाशील विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू एवं विभिन्न राजनीतिक दलका विदेश संगठनका प्रतिनिधिहरूले समेत शुभकामना मन्तव्य राखेका थिए।

वक्ताहरूले किरात समुदायको भाषा, संस्कृति, संस्कार तथा पहिचानको संरक्षणसँगै आपसी एकता, सामाजिक सहकार्य र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

अधिवेशन सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, संघ–संस्था तथा शुभेच्छुकप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

यस्तो छ निर्वाचित कार्यसमिति

अध्यक्ष — छबिधान राई
वरिष्ठ उपाध्यक्ष — सञ्जिव राई
उपाध्यक्ष — भीम कुमार राई
उपाध्यक्ष — भरण शेर राई
उपाध्यक्ष — आसन खालिङ राई
महिला उपाध्यक्ष — प्रेमा छिलिङ राई
महिला उपाध्यक्ष — समिता राई (सञ्जु)
महासचिव — यज्ञ कुमार राई
सचिव — सन्तोष राई
कोषाध्यक्ष — देविका राई (विनु)
सह–कोषाध्यक्ष — भीमराज राई
प्रवक्ता — शुभ साम्पाङ राई
प्रवक्ता — तुलसा राई
युवा संयोजक — अंगराज राई

सदस्यहरू

दिवश राई
जसमान राई
नवल शेर राई
समिता सुनुवार राई
उमा राई
अञ्जना राई
अनिल राई
सविन राई

संरक्षकहरू

रमेश साम्पाङ राई
मञ्जिला वायुङ वान्तावा राई

सल्लाहकारहरू

वरिष्ठ सल्लाहकार — विपिन कुमार राई
सल्लाहकार — युवराज साम्पाङ राई
सल्लाहकार — रमेश चाम्लिङ राई
सल्लाहकार — ऐच्छिक राई
सल्लाहकार — ज्ञाविन चाम्लिङ राई

तेस्रो राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले किरात राई समुदायको भाषा, संस्कार, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनसँगै मलेसियामा रहेका समुदायबीच सामाजिक सहकार्य र समन्वयलाई अघि बढाउने जनाएको छ।

समाचार स्रोत : किरात राई यायोक्खा विदेश संगठन, मलेसिया
स्थान : मलेसिया
समाचारदाता : थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *