जलन उपचार सेवालाई प्रभावकारी बनाउन आठ स्वास्थ्यकर्मी दक्ष बनाइँदै
2026-11-04प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.को स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
2026-11-04
प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.को स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालयमा स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न भएको छ।
प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक के.सी.लाई प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए। सोही अवसरमा उहाँले पदबहाली गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो।
कार्यक्रमपश्चात् प्रहरी महानिरीक्षक डा. के.सी.ले प्रहरी अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै संगठनको जिम्मेवारी, व्यावसायिकता, अनुशासन र कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिनुभएको थियो।
नवनियुक्त प्रहरी महानिरीक्षक के.सी.ले नेपाल प्रहरीको नेतृत्व सम्हालेसँगै संगठनको आगामी कार्यदिशा र प्रहरी सेवाको प्रभावकारिताबारे समेत चासो बढेको छ।
थाङमिचागु डटकम




