जलन उपचार सेवालाई प्रभावकारी बनाउन आठ स्वास्थ्यकर्मी दक्ष बनाइँदै
2026-11-04प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.को स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
2026-11-04
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेट
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौँ, १८ कात्तिकः
परराष्ट्रमन्त्री शिशिर खनालसँग आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै भारतका विदेश सचिव विक्रम मिश्री । तस्बिरः किरणराज विष्ट/रासस
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक एवं मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।
भेटवार्तामा ऊर्जा, हवाई सेवा, व्यापार, खेलकुद तथा शिक्षालगायतका विभिन्न क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्नुभएको हो। उहाँको नेपाल भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका विविध पक्षमा थप छलफल हुने कार्यक्रम रहेको छ।
थाङमिचागु डटकम




