धनगढीमाई–१३ स्थित अलपत्र गीता भवनको संरक्षण कार्य अघि बढ्यो, परिसरमा वृक्षारोपण सम्पन्न !!!

1Shares

धनगढीमाई–१३ स्थित अलपत्र गीता भवनको संरक्षण कार्य अघि बढ्यो, परिसरमा वृक्षारोपण सम्पन्न

सिरहा। सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित लामो समयदेखि अलपत्र अवस्थामा रहेको गीता भवनको भौतिक संरचना सुधार तथा संरक्षण कार्य अघि बढाइएको छ।

थाङ्मीचागु डटकमका प्रधान सम्पादक विनोद अविरलको आग्रह तथा पहलमा भवनको सुधार कार्य जारी रहेको हो। यसैक्रममा गीता भवन परिसरमा वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरिएको छ।

कार्यक्रममा सूर्योदय युवा क्लब र पद्मोदय फाउन्डेसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

लामो समयदेखि उपेक्षित अवस्थामा रहेको गीता भवनको संरक्षण र पुनःस्थापनाका लागि अघि बढाइएको यस पहलले सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यको महत्त्वलाई उजागर गरेको छ। भवनको सुधार कार्यलाई निरन्तरता दिँदै यसको व्यवस्थित विकासका लागि सम्बन्धित सबै पक्षको सहयोग आवश्यक देखिन्छ।

थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *