मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मलेसियाको पहलमा बिरामी परेका श्रमिक थापा नेपाल फर्किए।
मलेसियामा अवैधानिक रहि बिरामी परेका श्रमिक थापा स्वदेश फर्किए।
थाङ्मीचागु डट कम संवाददाता

२०८०माघ १७ १०:३०
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएर बिगत १०औं बर्षदेखि अवैधानिक हैसियतमा रहि रोग लागेर थल्ला परेका एक नेपाली श्रमिक स्वदेश फर्किएका छ्न ।

मलेसियास्थित नेपाली राजदूतावास , प्रवासी नेपाली मञ्च मलेसिया लगायत विभिन्न संघसंस्थाको सहयोग समन्वयमा बागलुङ जिल्ला साविक भिमगिठे गा.वि.स. वडा नं. ०९ हाल बडिगाड गाउँपालिका वडा नं. ०६ निवासी मिन बहादुर थापाको उद्दार गरि स्वदेश फर्काइएको दूतावासका द्धितिय सचिव एवम् सूचना अधिकारी प्रेम बुढथापाले जानकारी दिए ।

मलेसियामा आएर बिगत १० वर्ष देखि अवैधानिक हैसियतमा काम गर्दै आएकोमा निज मिन बहादुर थापा हाल विभिन्न रोगबाट ग्रसित भई सिकिस्त बिरामी भएकाले सहयोगका लागी उनको परिवारले नेपालको स्थानीय तहदेखि यहाँ मलेसिया सम्बन्धित निकायसम्म सिफारिस पत्र पठाएका थिए ।

सोही सिफारिसको आधारमा पेट फुल्ने लगायत थुप्रै रोगबाट ग्रसित बिरामी थापा जतिसक्दो चाडो स्वदेश फर्किन आवश्यक पर्ने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) नेपाली दूतावासले निशुल्क उपलब्ध गराइ सहयोग गरेको र प्रवासी नेपाली मञ्चले हवाई टिकट निशुल्क दिइ सहयोग गरेसंगै थापा स्वदेश फर्किन सफल भएको सचिव बुढथापाले बताए ।
स्वदेश फर्किन अवैधानिक बसेकोले यहाँ मलेसियाली अध्यागमन बिभागलाई तिर्नुपर्ने जरिवाना बापतको रकम बिरामी थापा आफैंले तिरेको र हवाई टिकट हाम्रो प्रवासी नेपाली मञ्चले सहयोग दिएको मञ्च मलेसियाका सचिव कृष्ण खड्काले प्रष्ट पारे ।
मञ्चले आफ्नो पुर्व घोषणा अनुरुप यहाँका नेपाली दूतावासको समन्वयमा अहिलेसम्म मलेसियामा पीडित अलपत्र रहेका करिबकरिब ३३ जना नेपाली हरुलाई स्वदेश फर्किनको लागि हवाई टिकट सहयोग गरिसकेका छ्न ।





