मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
विपद् व्यवस्थापन समितिद्वारा न्यानो कपडा वितरण ।।।
विपद् व्यवस्थापन समितिद्वारा न्यानो कपडा वितरण ।।।
थाङ्मिचागु डट कम संवाददाता
२०८० माघ १८ ६:१२ ।
लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा गरिब तथा विपन्न वर्गहरूलाई जाडोको न्यायो कपडा वितरण गरिएको छ ।
जलबायु परिवर्तनका कारण बढ्दो चिसो तथा शीतलबाट जोगिनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, नवलपरासी (बसुप) ले जिल्ला भित्रका विभिन्न बस्तीहरूका ६८ गरिब, असहाय तथा विपन्न परिवारहरूलाई न्यायो कपडा वितरण गरेको जनाएको छ ।
वितरण गरिएको न्यानो कपडा अन्तर्गत सुस्ता गाउँपालिका-५, रतनगंजमा ३३ परिवार, बलिनगरमा ५ गरिब तथा विपन्न परिवार र सरावल गाउँपालिका-६ का ३० विपन्न, असहाय तथा गरिब परिवारहरूलाई वितरण गरिएको बताइएको छ ।
कपडा वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नवलपरासी बसुपका कर्मचारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, जिल्ला रेडक्रसका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरू, वडाध्यक्षज्यूहरू, समाजसेवीहरू लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।





