मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
शैक्षिक वृत्तमा पहिचानका साथ कैलाशपुर भोरलेनी ।।।
थाङ्मीचागु डट कम संवाददाता
विनोद मण्डल
२०८० माघ १८ ६:१५ ।
सिरहाको धनगढीमाई १३ स्थित आधारभूत विद्यालय कैलाशपुर भोरलेनी यतिबेला चर्चाको विषय बनेको अवस्था रहेको देखिन्छ ।

अत्यन्त सुन्दर ब्यबस्थापनका साथ पठन पाठन लगाएत भौतिक बातावरण रहेको उक्त विद्यालयमा प्रध्यानाध्यापक अमर लामाको अशल नेतृत्व र वाडा अध्यक्ष सूर्यमान तामाङको दूरदर्शिताका कारण विद्यालयमा सबै पक्षमा सकारात्मक सुधारको अवस्था रहेको छ ।
विद्यालयको वातावरणीय अवस्था अवलोकनका लागि सप्तरी जिल्लाको ५ ओटा विद्यालयबाट आएका टोलीबाट अवलोकन भ्रमण गरिएको छ ।
अवलोकनको क्रममा विधालयमा भएको खानेपानी सरसफाई तथा विधालय व्यवस्थापनका सवालमा सप्तरी जिल्लाका ५ओटा मा.वि.का प्र.अ.,अभिभावक,शिक्षा अधिकृत ,वि व्य स अध्यक्ष ,शिक्षक -विधार्थी ,विभिन्न संघ संस्थाका पदाधिकारीहरुबाट विधालय भ्रमण गरिएको छ ।
विद्यालयको वातावरणीय पक्षका बारेमा यसरी अवलोकन भ्रमणले स्थानिय खुशी भएको बताईएको छ ।




