मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
दोलखा विगु गाउँपालिका ८ का एक बालकको सवारी दुर्घटनामा परी मृत्यु
दोलखा विगु गाउँपालिकाका एक बालकको सवारी दुर्घटनामा परी मृत्यु
काठमाण्डौं – भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको कार, मोटरसाइकल र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका ५ सृजनानगरस्थित भक्तपुर जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट घाइते मोटरसाइकल चालक दोलखा विगु गाउँपालिका-८, खोपाचागु घर भई काठमाडौं बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पाका छोरा ६ वर्षीय आर्जन शेर्पाको मृत्यु भएको हो । मोटरसाइकल चालक ढावा शेर्पाको मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।
दुर्घटनाबाट गम्भीर घाइते भई उपचारका लागि मध्यपुर अस्पताल थिमी र्पुयाइएको आर्जनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा रिफर गरिएकोमा आइतबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा संलग्न बस चालक दोलखा भिमेश्वर नगरपालिका ४ जिलुका २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुर नगरपालिका २ इताछेंकी २६ वर्षीया रिया कायस्थलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीबाट अनुसन्धान थालेको डीएसपी पाण्डेले बताए ।





