किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा हरी वाजी निर्वाचित ।।।
2026-07-21कापाराङ्ग बस्ती उच्च जोखिममा, सुरक्षित स्थानमा स्थानान्तरणको माग !!!
2026-07-21
कापाराङ्ग बस्ती उच्च जोखिममा, सुरक्षित स्थानमा स्थानान्तरणको माग !!!
कापाराङ्ग बस्ती उच्च जोखिममा, सुरक्षित स्थानमा स्थानान्तरणको माग
दोलखा | ५ श्रावण २०८३
दोलखा जिल्लाको बिगु गाउँपालिका–८, थाङ्मीचागु (साबिक वडा नं. २) अन्तर्गत कापाराङ्ग बस्ती अत्यधिक वर्षासँगै उच्च जोखिममा परेको छ। स्थानीयका अनुसार वर्षासँगै पहिरोको जोखिम बढ्दै गएपछि बस्तीमा त्रासको अवस्था सिर्जना भएको हो।
स्थानीयवासीको भनाइअनुसार कालिञ्चोक हाइड्रोपावर आयोजनासँग सम्बन्धित क्षेत्रमा पर्याप्त सुरक्षात्मक जाली वाल निर्माण तथा आवश्यक जोखिम न्यूनीकरणका काम समयमै हुन नसक्दा बस्ती थप जोखिममा परेको हो। यसै कारण बस्तीमा बसोबास गर्दै आएका नागरिकले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन्।
स्थानीयले सम्बन्धित निकाय तथा सरोकारवालाको तत्काल ध्यानाकर्षण गराउँदै नागरिकको जिउधनको सुरक्षाको सुनिश्चितता गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
थाङ्मीचागु डटकमले यस विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा प्राप्त हुनासाथ थप जानकारी सार्वजनिक गर्नेछ।
संवाददाता : निर बहादुर थामी
थाङ्मीचागु डटकम
स्थानीय आवाज, जनताको खबर




