मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
थाङमिचागु डटकम संवाददाता :भिम कुमार थामि
चरिकोट दोलखा

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रीले अटिजम भएका बालबालिकाका लागि देशका सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्ने घोषणा गरेका छन्।
मन्त्रीले अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा सीप विकासलाई प्राथमिकतामा राख्दै प्रत्येक प्रदेशमा आवश्यक पूर्वाधारसहित आवासीय विद्यालय स्थापना गर्ने तयारी भइरहेको बताएका हुन्।
आवासीय विद्यालय सञ्चालनमा आएपछि अटिजम भएका बालबालिकाले आफ्नै प्रदेशमा विशेष शिक्षासहित आवश्यक हेरचाह र सीप विकासको अवसर पाउने अपेक्षा गरिएको छ। यसबाट बालबालिकाका परिवारलाई समेत सहज हुने विश्वास गरिएको छ।
सरकारले अटिजम भएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउँदै उनीहरूको क्षमता विकास र सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण निर्माण गर्ने जनाएको छ।





