मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
गृहमन्त्री सुधन गुरुङ र गरिमाका आमा–बुवाबीच वार्ता सुरु
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता :भिमकुमार थामि

काठमाडौं, भदौ ६ । गरिमा चौधरी हत्या प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङ र गरिमाका आमा–बुवाबीच काठमाडौंमा भेटवार्ता सुरु भएको छ।
घटनाको सत्यतथ्य बाहिर ल्याउन, निष्पक्ष अनुसन्धान गर्न तथा दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै गरिमाका अभिभावक काठमाडौं पुगेका हुन्। उनीहरूले गृहमन्त्री गुरुङसँग भेट गरी घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
छोरी गुमाएको परिवारले घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीमाथि कडा कानुनी कारबाही सुनिश्चित गर्न माग गर्दै आएको छ। सोही क्रममा अभिभावक स्वयं काठमाडौं पुगेर गृह प्रशासनको नेतृत्वसँग प्रत्यक्ष संवादमा बसेका हुन्।
भेटवार्तामा गरिमा हत्या प्रकरणको अनुसन्धानको अवस्था, परिवारले उठाउँदै आएका माग तथा आगामी सरकारी कदमबारे छलफल भइरहेको बताइएको छ।
यद्यपि, गृहमन्त्री गुरुङ र गरिमाका अभिभावकबीचको वार्तामा के–कस्ता विषयमा विस्तृत छलफल भयो, सरकारका तर्फबाट के प्रतिबद्धता व्यक्त गरियो र अनुसन्धानलाई लिएर आगामी कदम के हुनेछन् भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।





