मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
धार्मिक मान्यताका साथ छठ पर्व मनाइँदै ।।।
धार्मिक मान्यताका साथ छठ पर्व मनाइँदै ।।।
विनोद मण्डल कार्तिक १२ । तिहारमा मनाईने लक्ष्मी पूजाको समापनपछि तराई मधेसका जिल्लाहरुमा मनाईने छठ पर्व कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रूपमा शुरु गरिन्छ ।
छठ पर्व तराई मधेसका जिल्लाहरुमा भक्तिसाथ मनाइन्छ । यस पर्वमा खासगरी छठी भगवतीको पूजा गरिन्छ । छठ पर्व मनाएमा परिवारमा शान्ति कायम हुनुका साथै पुत्र, पति र परिवारको कल्याणमा सहयोग पुग्ने जनविश्वास रहेको पाईन्छ ।
छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी हातमा राखेर सूर्यलाई अर्पण गरेर तलाउबाट बाहिर आउने गर्दछन् । छठ पर्वको पुजा सामग्रीको रूपमा नरिवल, केरा, ढकिया, कुर्वा, कोशिया, बदही, ढकना मुला, भुस्वा, ठकुवा, आदी रहेका छन् ।
छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदी तलाउहरुको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउने चलन रहिआएको पाईन्छ ।
छठको पहिलाे दिन नहाए खाए व्रतालु बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई-धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।
छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर साग , लौका लगायत तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
छठको चौथो दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।






