मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
महिलातर्फ फालेलुङ र पुरुषतर्फ फिदिमलाई उपाधि
महिलातर्फ फालेलुङ र पुरुषतर्फ फिदिमलाई उपाधि
पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१३ मा स्थित पञ्चमि भञ्ज्याङ, जेफालेमा आयोजित नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
महिला र पुरुष फुटबल क्लवहरूबीच प्रतिस्पर्धा गराइएको खेलमा पुरुषतर्फ किरात राई यायोख्खा फिदिम–१२ र महिलातर्फ माउटेन युवा क्लव फालेलुङले उपाधि जितेका छन् ।
मंगलबार अवेर सम्पन्न पुरुषतर्फको खेलमा नेपाल मगर संघ फिदिम ६ लाई २–० गोल अन्तरले हराँउदै नांगिनले उपाधि चुमेको हो ।
विजयी बनेको नांगिनले उपाधिसहित नगद एक लाख २१ हजार प्राप्त गर्दा उपविजेता फिदिम–६ ले ट्रफिसहित नगद ६१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै, महिलातर्फको उपाधि विजेता माउण्टेन युवा क्लव फालेलुङले जितेको छ । फाइनलमा आयोजक टिमलाई १–० गोल अन्तरले हराएको थियो ।
उपाधि चुम्न सफल फालेलुङले उपाधिसहित नगद ३० हजार पाएको छ भने उपविजेता आयोजकले ट्रफिसहित नगद २१ हजारमा चित्त बुझाएको छ । दशमी मेला आयोजक समितिले आयोजना गरेको प्रतियोगिता असोज १९ गते सुरु भएको थियो ।
प्रतियोगिताका विजेता खेलाडी र टिमलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले प्रमुख अतिथिको रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरे ।





