मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
कालिञ्चाेक गाउँपालिकाकाे विद्यालय सतरीय छैठाैं राष्ट्रिति कप प्रतियाेगिता सम्पन्न

दशै तथा तिहारकाे विदाकाे समय पारी पठन पाठनलाई असर नपर्ने गरि कालिञ्चाेक गाउँपालिकाले विद्यालय स्तरीय छैठाैं राष्ट्रपति कप- २०८१ सफलतापूर्वक सम्पन्न गरेकाे छ । कार्तिक ९ गते देखि १२ गते सम्म सञ्चालन भएकाे प्रतियाेगितामा गाउँपालिका भरीका बाह्र ओटा विद्यालयहरु सहभागि भएका थिए ।

उक्त प्रतियाेगितामा विभिन्न खेल विधामा उत्कृष्ट खेल प्रदर्शन गरि आयाेजक विद्यालय श्री कालिनाग माध्यमिक विद्यालय , सिँगटीले प्रथम स्थान हासिल गरि रनिङ शिल्डकाे उपाधि जित्न सफल भएका छन् । त्यसै गरि द्वतीय स्थानमा श्री कालिनाग माध्यमिक विद्यालय , सुनखानी र तृतीय स्थान श्री जल्पाश्र्वरी माध्यमिक विद्यालय , बाबरेले प्राप्त गरेका छन् ।
प्रतियाेगितामा विभिन्न खेल विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यालय र खेलाडी विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख तथा उपप्रमुखले शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान गर्नु भएकाे थियाे । जिल्ला खेलकुद परिषदकाे बार्षिक खेल तालिकामा माघ महिना भित्र पालिका स्तरीय र चैत्र महिनामा सञ्चालन हुने एस.ई.ई. परीक्षा अगावै जिल्ला स्तरीय राष्ट्रपति कप सञ्चालन गरिसक्नु पर्ने याेजना भएता पनि कालिञ्चाेक गाउँपालिका दाेलखा जिल्ला मै सबैभन्दा पहिला प्रतियाेगिता सञ्चालन गरि सम्पन्न गर्ने पालिका बनेकाे छ ।

विगतमा विद्यालयकाे पठन-पाठन भईराखेकाे समयमा खेलकुद प्रतियाेगिता सञ्चालन गरिँदा कम्तिमा एक हप्ता पठन-पाठन अबरुध्द हुने गर्दथ्याे । साथै पुस माघकाे चिसाे माैसममा प्रतियाेगिता सञ्चालन प्रभावकारी पनि नहुने र खेलाडीहरुले पनि प्रतिकुल माैसममा आफ्नाे प्रतिभा खुलेर प्रदर्शन गर्न नसिकरहेकाे अवस्थालाई गाउँपालिकाले मनन गरि खेल सञ्चालन गर्नु आफैंमा असल कार्य हाे । कालिञ्चाेक गाउँपालिकाले जस्तै दाेलखाका अरु पालिकाले पनि यही समयमा प्रतियाेगिता सञ्चालन गरेकाे भए उत्तम हुने थियाे





