मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
लहानको खुट्टी खोलामा नहर ड्याम अलपत्र, करोडौंको लगानी जोखिममा ।।।

थाङ्मीचागु डटकम, संवाददाता- १३, सिराहा
सिराहा जिल्लाको लहान १० स्थित खुट्टी खोलामा किसानहरूको खेतमा सिँचाइ सुविधा पुर्याउन निर्माण गरिएको नहर ड्याम हाल अलपत्र परेको अवस्थामा छ ।
प्रदेश सरकारको बजेटबाट निर्मित यस ड्यामको गहिराई नहरभन्दा बढी भएकाले सिँचाइको मुख्य उद्देश्य पूरा हुन सकेको छैन । यस कारण खेतबारीसम्म पानी पुर्याउन असफल हुनुका साथै उल्टै नहरमा जमेको फोहोर पानी खोलामा बगेर स्थानीय वातावरणलाई थप प्रदूषित बनाएको छ ।

वर्षाको समयमा नहरमा स्थानीय बासिन्दाका घर आँगनबाट निस्किएको फोहोर पानी जमेर खुट्टी खोलाको अवस्था दुर्गन्धित बनेको छ । यसले लहानको सौन्दर्यमा नकारात्मक प्रभाव पार्दै, जनस्वास्थ्यमा पनि खतरा थपेको छ । हालसम्म यस नहरमार्फत पानी सञ्चालन भएको छैन र सरसफाइको कमीका कारण दुर्गन्धित वातावरणले स्थानीय बासिन्दाहरूलाई हैरान बनाएको छ ।

उक्त नहरको सम्पूर्ण सरसफाई तथा मर्मतका लागि ठुलो बजेटको आवश्यकता पर्ने हुँदा हालसम्म कुनै ठोस पहल भएको छैन । निर्माणपछि सञ्चालनको अभावमा नहरको माथिल्लो ढोकाहरुमा लक गरिएको छ , जसले करोडौं रुपैयाँको लगानी गरिएको यो भौतिक संरचना अलपत्र अवस्थामा रहेको पुष्टि गर्छ ।
यस नहरमा दिन प्रतिदिन जम्मा हुने फोहोरको कारण स्थानीय वातावरण झनै दुर्गन्धित बन्दै गइरहेको छ भने कृषि क्षेत्रमा सोचे जस्तो लाभ पुर्याउन असफल भएको देखिन्छ ।





