इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Wednesday, October 14, 2026
इङ्लिस प्रिमियर लिग: लिभरपुलको शानदार जित, शीर्ष स्थान सुनिश्चित
इङ्लिस प्रिमियर लिग: लिभरपुलको शानदार जित, शीर्ष स्थान सुनिश्चित
शनिबार १९ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
हेटौंडा — इङ्लिस प्रिमियर लिगको शनिबार साँझ भएको पहिलो खेलमा लिग लिडर लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दै शीर्ष स्थान पक्का गरेको छ। खेलको ९औं मिनेटमा डियगो जोटाले निर्णायक गोल गर्दै लिभरपुललाई महत्त्वपूर्ण तीन अंक दिलाए।
लिभरपुलले खेलभरि धेरै गोलका अवसर सिर्जना गरे पनि थप गोल गर्न असफल रह्यो। यो जितसँगै लिभरपुलले ७ खेलबाट १८ अंक जोडेको छ र लिगको पहिलो स्थानमा रहन सफल भएको छ। पराजित क्रिस्टल प्यालेस ३ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ।
लिगअन्तर्गत आजै शीर्ष क्लबहरू आर्सनल र म्यान्चेस्टर सिटीसहित ६ खेल हुनेछन्।





