नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
२०८१ असोज १२ गतेकाे अविरल वर्षापछि वडा अध्यक्ष हिरा थामीद्वारा पहिरो प्रभावितलाई राहत सामग्री वितरण
पहिरो प्रभावितलाई वडा अध्यक्ष हिरा थामीद्वारा राहत सामग्री वितरण
शनिबार १९ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा २०८१ असोज १२ गतेको अविरल वर्षापछि आएको भिषण पहिरोले ठूलो क्षति पुर्याएको छ। पहिरोका कारण धेरै घरहरूमा क्षति पुगेको र केही क्षेत्रहरू उच्च जोखिममा रहेको जानकारी प्राप्त भएको छ। यस विपत्तिका कारण स्थानीय बासिन्दाहरू विस्थापित हुनुपरेको छ र उनीहरूको जनजीवन कष्टकर बनेको छ।

पीडितहरूको तत्कालिक सहयोगका लागि वडा अध्यक्ष श्री हिरा थामीको पहलमा राहत सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। प्रभावित परिवारहरूलाई राहतस्वरूप त्रिपाल, अन्य अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ। राहत वितरणमा स्थानीय स्वयंसेवक, समाजसेवी, र वडा कार्यालयको समन्वय रहेको थियो।

वडा अध्यक्ष हिरा थामीले विपद्का बेला स्थानीय बासिन्दाहरूलाई आवश्यक सहयोग पुर्याउन गाउँपालिकाको तर्फबाट सक्दो प्रयास भइरहेको जानकारी गराउनुभयो। साथै, आगामी दिनमा थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक प्रयासहरू गरिने बताउनुभयो। उहाँले पीडितहरूलाई धैर्य धारण गर्न आग्रह गर्दै सरकार र अन्य सरोकारवाला निकायहरूसँग मिलेर पुनःस्थापनाका कार्यक्रमहरू अघि बढाइने आश्वासन दिनुभएको छ।

यस राहत वितरण कार्यले पहिरो प्रभावित समुदायमा केही हदसम्म राहत पुर्याएको छ र स्थानीय बासिन्दाहरूमा आशा जगाएको छ।






