आगलागीपीडित परिवारलाई कालिञ्चोक ९ वडा कार्यालयको राहत

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

दोलखा । कालिञ्चोक गाउँपालिका–९ मा आगलागीबाट प्रभावित गोपाल प्रसाईंको परिवारलाई वडा कार्यालयले राहत सामग्री उपलब्ध गराएको छ।

साविक वडा नं. ५ स्थित प्रसाईंको घरमा आगलागी भएपछि पीडित परिवारको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो।

राहत वितरणका क्रममा इलाका प्रहरी प्रमुखसहित स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

वडा अध्यक्ष रामप्रसाद मैनालीले विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको बताउँदै पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराइएको जानकारी दिए।

आगलागीबाट प्रभावित परिवारलाई राहत प्रदान गर्दै वडा कार्यालयले विपद्को कठिन घडीमा पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *