नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सेतिदेवी आमा समूहद्वारा थाङ्मीचागुमा मन्दिर र भूमे पार्कको सरसफाई अभियान सम्पन्न
सेतिदेवी आमा समूहद्वारा थाङ्मीचागुमा मन्दिर र भूमे पार्कको सरसफाई अभियान सम्पन्न

शनिबार १९ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता

दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा सेतिदेवी आमा समूहको अगुवाईमा मन्दिर, भूमे पार्क र आसपासको क्षेत्रमा व्यापक सरसफाई अभियान सफलतापूर्वक सम्पन्न भएको छ। यस महत्त्वपूर्ण अभियानको नेतृत्व अध्यक्ष बिष्णुमाया थामी र महिला स्वास्थ्य स्वयंसेविका सरिता थामीले गर्नुभएको थियो। स्थानिय समुदायको उच्च सहभागितामा सम्पन्न भएको यो अभियानले धार्मिक स्थल, मन्दिर र भूमे पार्कको सफाई र सौन्दर्यीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

यस सरसफाई अभियानले मन्दिरलाई शुद्ध र सफा राख्ने प्रयासका साथै भूमे पार्कलाई पनि पर्यटकमैत्री र आकर्षक बनाउने उद्देश्य राखेको थियो। यस अभियानमा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिताले सामुदायिक भावनालाई अझ सुदृढ बनाएको छ भने धार्मिक स्थलको सम्मान र संरक्षणमा समेत जागरूकता बढाएको छ।

अध्यक्ष बिष्णुमाया थामी र सरिता थामीको नेत्रृत्वमा सञ्चालन भएको यो अभियानले थाङ्मीचागु क्षेत्रमा धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बाटोमा उल्लेखनीय योगदान पुर्याएको छ।





