तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध
पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध
पाँचथर — अविरल वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत फिदिम-ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ ।
बुधबार बिहानै पाँचथरको फिदिम नगरपालिका ४ कोइरीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङबाट पाँचथर र इलाम हुँदै झापा जाँदै गरेका सवारी र ढुवानी साधनसँगै यात्रुहरू अलपत्र परेका छन् ।
पहिरो पन्छाउन फिदिम नगरपालिकाले बिहानैदेखि स्काभेटर परिचालन गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।






