एमाले निकट प्रवासी नेपाली मञ्च पेनाङ राज्य कमिटी पुनर्गठन ।।।

0Shares

एमाले निकट प्रवासी नेपाली मञ्च पेनाङ राज्य कमिटी पुनर्गठन ।।।

थाङ्मीचागु डटकम सम्बादाता २०८० फागुन १३ आइतबार
मलेशिया,प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमालको प्रमुख आतिथ्यमा मिति 2024-02-25 का दिन बुकित जम्बुल स्थित जूनतारा होटेलमा भएको भेलाले पेनाङ राज्य कमिटी पुनर्गठन सम्पन्न गरेको छ ।

राष्ट्रिय कमिटी सदस्य राजेन्द्र कुमार श्रेष्ठ र राष्ट्रिय कमिटी सदस्य तथा पेनाङ राज्य संयोजक राधिका क्षेत्रीको विशेष उपस्थिति रहेको भेलाले पूर्ण वलीको अध्यक्षतामा पुनर्गठन गरेको हो ।


सेप्टेम्बर २०२३मा गठित पेनाङ राज्य कमिटीका अध्यक्ष लगायतका अधिकांश पदाधिकारीहरु स्वदेश फर्किनु भएको र केही पदाधिकारीहरु निस्कृय रहनु भएको हुदा भेलाले पदपूर्ति भन्दा पुनर्गठन गर्नु उपयुक्त हुने देखेर पूर्ण वलीको अध्यक्षतामा १३ सदस्यिय पेनाङ राज्य कमिटी सर्वसम्मत चयन गरेको हो ।

अन्य पदाधिकारीहरुमा उपाध्यक्ष -शालिकराम भट्ट, सचीव – निराजन देबकोटा, सहसचिब -मनोज घिमिरे, सह-सचिब -मनिष महतो, सदस्य -ज्ञानिमाया वाईबा, सदस्य -मनिसा ब्लोन, सदस्य -जमुना कुमाल, सदस्य -बिनोद गहतराज, सदस्य -ईश्वर पोख्रेल, सदस्य -राम वहादुर जैसी, सदस्य-लिला बहादुर कुमाल, सदस्य -बद्री प्रसाद दाहाल रहनु भएको छ ।


पशुपती देवकोटाको अध्यक्षतामा गठन भएको प्रवासी नेपाली मञ्च, पेनाङ राज्य कमिटीलाई भेलाले पुनर्गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *