धनगढीमाई १४ मा वाडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कदमसँगै 4G सेवा सञ्चालन ।।।

0Shares

धनगढीमाई १४ मा वाडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कदमसँगै 4G सेवा सञ्चालन ।।।

विनोद मण्डल, फाल्गुन १३। सिरहाको भौगोलिक विकटता रहेको धनगढीमाई १४ का बस्तीहरूमा मोबाईल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित ठकुरीले टावरको सामग्री ल्याएर टावर निर्माणको वातावरण सिर्जना गर्दै वडा बासिमा टावर निर्माण गराउनु भएर एतिहासिक खुशीयाली प्रदान गर्नुभएको ताज़ा यथार्थसँगै 4G सेवा सञ्चालनमा ल्याउनु भएको छ ।

धनगढीमाई १४ का बस्तीहरू गागन, मागन, अमले, चकमके,मैनी चटयान, बिजुली पानी, पल्लार, मोतीश्री, मडयान , देउसे, महाजनी, खुट्टी, दलमे, राईरेनी, अमबास , हातिढुगा , करम चौरी, कसाई टार, चिहान डाँडा, अमिल्टार लगाएतका बस्तीहरूमा विगत लामो समयदेखि एनसेल र एनटिसी मोबाईल नेटवर्कको समस्या भोग्दै आएका स्थानियलाई २१ औं सताब्दीमा आधुनिक युगको आभास दिलाउन हरतरहले सफल भएका वाडा अध्यक्ष अमित ठकुरीले आम जनताको सामु गर्नु भएको प्रतिबद्धता बमोजिम 4G सेवा सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।

दूरदर्शिताका धनी वाडा अध्यक्ष अमित ठकुरीको लामो संघर्ष र मेहनतले धनगढीमाई १४ का आम जनतामा दशैको खुशीयाली सँगै टावरको खुशीयाली छाएको एक वर्ष नबित्दै 4G सेवा सञ्चालनको एतिहासिक रेखा कोर्न सफल हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *