मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मेयर महतोद्वारा क्रिकेट टिमलाई सामग्री हस्तान्तरण ।।।
मेयर महतोद्वारा क्रिकेट टिमलाई सामग्री हस्तान्तरण ।।।
थाङ्मीचागु डटकम सम्बादाता ।

राधा बर्मा ,फाल्गुन १२ । सिरहाको धनगढीमाईका मेयर शिवशंकर महतोले स्थानिय क्रिकेट खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेका छन ।

पछिल्लो समय व्यापक सामाजिक कार्यमा अग्र स्थानमा देखिएका मेयर महतोले नगरमा स्वास्थ्य शिविरको सञ्चालन गरेर विभिन्न आँखाका रोगीहरुलाई पहिचान गराएर निःशुल्क मोतिया बिन्दुको अप्रेशन गराएका मेयर महतोले समय सान्दर्भिक गति लिन थालेको अवस्था छ ।

मेयर महतोले स्थानिय युवाहरुको चाहना बमोजिम खेल जगतलाई प्रोत्साहित गर्ने उद्देश्यले औपचारिक रूपमा स्थानिय खेलाडीलाई नगरको प्रसासनिक भवनमा बोलाएर क्रिकेट सामग्री हस्तान्तरण गर्नु भएको छ ।

सिरहाको भगवानपुर गाउँपालिकामा हुन गईरहेको प्रथम अध्यक्ष कपमा सहभागिताका लागि नगरले खेलाडीहरुलाई सम्मान साथ खेलको संपूर्ण सामग्री हस्तान्तरण गरेका हुन् ।

नगरको समसामायिक विकासप्रति केन्द्रित भएर अगाडि बढ्नु आजको आवश्यकता भएको अवस्थामा मेयर महतोले खेलाडीलाई नगरका तर्फबाट उपलब्बद गराएको सामग्रीले सकारात्मक संदेश दिएको आम बुझाई रहेको छ ।





