मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
विद्युत कर्मचारीको नाममा ठगी ।।।
विद्युत कर्मचारीको नाममा ठगी ।।।
अबिरल थामी

थाङ्मीचागु डट कम संवाददाता फाल्गुन ११ । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वाडा नम्बर २ मा विद्युतको एक कर्मचारीले ठगी गरेको बुझिएको छ ।

घरमा जडान भएको विद्युत तारलाई मुसाले काटेर चिम नबलेपछि घर धनी दिपेश थामीले उक्त क्षेत्रका विद्युत लाईन हेर्ने भूपेन्द्र पाण्डेलाई विद्युत तार जडानका लागि खबर गरेको थियो ।

पटक पटक खबर गर्दा पनि तार जोड्न नआएपछि घर धनी थामीले आफैले उक्त तार जोडेर चिम बालेका थिए । ।

चिम बल्दै गरेको देखेपछि विद्युतको कर्मचारी हु ,भन्दै थामीलाई थर्काएर ८ हजार ठगेर भूपेन्द्र पाण्डे फरार भएको अवस्था रहेको पीडित थामीले बताएका छन ।

घटनाको वास्तविकता बुझेर भ्रष्ट पाण्डेलाई तत्काल कानूनी दायरामा ल्याउन जरुरी रहेको देखिन्छ ।
घटना प्रति विद्युत प्राधिकरण दोलखाको तत्काल ध्यानाकर्षण हुन समेत जरुरी छ ।




