मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
बलान नदीमा तटबन्धको मेयर चौधरीद्वारा सिल्यान्यास ।।।
बलान नदीमा तटबन्धको मेयर चौधरीद्वारा सिल्यान्यास ।।।
थाङ्मी चागु डट कम संवाददाता
विनोद मण्डल,फाल्गुन ११ । सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको पछिमी किनारा अर्थात लाहान वाडा नम्बर २३ को करैयास्थित बलान नदीको कटान नियन्त्रणका लागि मेयर महेश प्रसाद चौधरीले विधिवत पूजापाठ गरी तटबन्धको शिल्यान्यास गर्नु भएको छ ।
आज बिहान करिब ८ बजेर १७ मिनेटको समयमा बलान नदीमा लिपपोत गरेर मेयर चौधरीले आफैले मन्त्रोउच्चारण गरी भूमि पूजा सहित बलान नदीमा विधिवत पूजापाठ गरी पूजा स्थलमा ५ ओटा ढुङ्गालाई समेत पूजा गरी नदीको पक्षिमी छेउमा तयार पारेको खाल्डोमा ढुंगा राखेर बाधको शिल्यान्यास गरेका हुन ।
पूजापाठ पछि बलान नदीको किनारमा तयारी अवस्थामा राखिएको नदी नियन्त्रणको लागत खर्चको व्यानर संयुक्त रुपमा लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र उपमेयर रामचलितर महतोले
खोल्दै मेयर चौधरीले पढेर सार्वजनिक गरेका थिए ।
वर्षेनी नदीले आम किसानको उर्वर भूमि डुवान र कटान गर्न थालेपछि ५० लाख लागतमा करिब १२० मीटरको तार जाली सहितको बाँध निर्माणका लागि लाहान नगरपालिका अगाडि आएका हुन ।
नदीले पश्चिमी किनार स्थित लहान २३ को करैया तिलेबोना बस्तिका उर्बर जमीन कटान गर्न थालेपछि नगरपालिका कटान नियन्त्रणका लागि तार जालीको बांध निर्माणमा लागेका हुन ।
विगतमा यस ठाउँमा बनाईएका बाँधहरु बाढीले बगाएर लगेको अवस्था रहेको हुनाले नगरपालिकाको बजेटले मात्र कटान नियन्त्रण गर्न असंभवको अवस्था रहेको हुनाले संघिय सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ ।





