भूकम्प प्रभावित जिल्ला जाजरकोटमा जाडोले कठ्याङरिएको जनतालाइ सहयोग हेतु संकलित आर्थिक सहयोग रकम प्रदान ।।।

0Shares

भूकम्प प्रभावित जिल्ला जाजरकोटमा जाडोले कठ्याङरिएको जनतालाइ सहयोग हेतु संकलित आर्थिक सहयोग रकम प्रदान ।।।

थाङ्मीचागु डट कम संवाददाता
१५ माघ २०८०, सोमबार १५:५४

मलेसिया :=नेपाली जनसम्पर्क समिति मलेसियाद्वारा नेपालको भुकम्प प्रभावित जिल्ला जाजरकोटमा रहेका केहि अति आवश्यक सहयोगको खाचो परेका स्थानीय तहका नेपाली जनतालाई न्यानो लताकपडा सहयोग , वितरण गर्नको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाली जनसम्पर्क समिति मलेसियालाई नेपाली कांग्रेस महासमिति सदस्य भेरी नगरपालिका ११ जाजरकोटका मुक्ति आचार्य ले दिइएको निवेदन अनुसार जाजरकोटमा शीतलहर र जाडोले पीडित जनतालाई न्यानो कपडा वितरण गर्नको लागि जनसम्पर्क समिति मलेसियाले यहाँ  आर्थिक अभियान थालेका थिए ।

नेपालमा अत्याधिक बढेको चिसो जाडोको कारण जनजीवन प्रभावित भैइरहेको बेला न्यानो लत्ताकपडा वितरण अभियानलाई साथ दिदैँ यहाँ रहेका अग्रज नेपाली समाजसेवी अगुवाहरु संगको छलफल समन्वयमा संकलित आर्थिक सहयोग रकम मलेसियन रिंगेट ८,४५५ अर्थात नेपाली रु. २ लाख ३६ हजार ७९७ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

संकलन गरिएको आर्थिक रकम आज मिति सन् २०२४ जनवरी २९ तारिख सोमबारको दिन नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य मुक्ति आचार्यको नाममा पठाइएको र सो रकमले कपडा खरिद गरि चाडैंनै वितरण गरिने जनसम्पर्क समिति मलेसियाका सभापति चोकाकान्त पंगेनीले बताउनुभयो ।

सहयोगी समाजसेवी दाताहरुको नमावली रकम सहित निम्न अनुसार रहेको छ :

(१) चोलाकान्त पंगेनी
सभापति : नेपाली जनसम्पर्क समिति मलेसिया
आरएम : ६७०

(२) खगेन्द्र न्यौपाने
उपाध्यक्ष : एनआरएनए आईसिसि
आरएम : १०००

(३) हरिप्रसाद भट्टराई
आरसी (RC) : एनआरएनए एसिया प्यासिफिक
आरएम : ८८८

(४) बिनोद थापा
अध्यक्ष : एनआरएनए एनसीसी मलेसिया
आरएम : ५०१

(५) दयाराम कुमाल
अध्यक्ष : प्रवासी नेपाली मञ्च मलेसिया
आरएम : ५०१

(६) प्रेम पाण्डे
अध्यक्ष : जनप्रगतिशिल मंच मलेसिया
आरएम : २५०

(७) नेत्र केसी
सभापति : प्रवास नेपाली सम्पर्क विभाग मलेसिया
आरएम : ५०१

(८) सन्तोष कार्की
अध्यक्ष : हिमालयन फुटबल क्लब मलेसिया
आरएम : ५००

(९) बिपिन राई
अध्यक्ष : नेपाल आदिवासी जनजाती महासंघ मलेसिया
आरएम : ३०१

(१०) सेर बहादुर गुरुङ
पुर्व अध्यक्ष : प्रवासी नेपाली मञ्च मलेसिया
आरएम : ६६६

(११) योगेन्द्र कुंवर –
पुर्व अध्यक्ष : राप्रपा (पानस) मलेसिया
आरएम : ५०१

(१२) टेक बहादुर टमटा
आईसीसी सदस्य : एनआरएनए
आरएम : ३२१

(१३) राकेश महतो “आरके”
प्रथम उपाध्यक्ष : एनआरएनए एनसीसी मलेसिया
आरएम : ५५५

(१४) बलधोज लिम्बु
कोषाध्यक्ष : एनआरएनए एनसीसी मलेसिया
आरएम : ५०१

(१५) हरिप्रसाद कोइराला
महामन्त्री : नेपाली जनसम्पर्क समिति मलेसिया
आरएम : ३००

(१६) रेष्टुरेन्ट मन्डला
संचालक : पासाङ तामाङ / चोलाकान्त पंगेनी 
आरएम : ५००

जम्मा आर्थिक संकलन रकम आरएम ८,४५५ रिंगेट , नेपाली रु. २ लाख ३६ हजार ७९७ नेपाल पठाइएको छ ।
जनसम्पर्क समिति मलेसियाप्रति विश्वास गरेर सहयोग गर्नुहुने सम्पुर्ण समाजसेवी सहयोगीदाता हरु प्रति सभापति पंगेनीले हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *