खेलाडीसंग अमित ठकुरी , टिम फाईनलमा प्रवेश ।।।

0Shares

खेलाडीसंग अमित ठकुरी , टिम फाईनलमा प्रवेश ।।।

थाङ्मीचागु डट कम सम्बाददाता

२०८०,माघ १५ । सर्वाधिक चर्चाको रूपमा परिचित धनगढीमाई(सिराहा) १४ का वाडा अध्यक्ष अमित ठकुरीको साथ निरन्तर खेलाडीहरुलाई प्राप्त भएपछि प्रोत्साहित खेलाडीहरुको दमदार प्रस्तुतिले वाडा नम्बर ४ को रामजानकी खेल मैदानमा जारी फुटबल प्रतियोगितामा आफ्ना सुन्दर प्रसूति गर्दै धनगढीमाई १४ का फूटबल टीम फाईनलसम्म पुग्न सफल भएका छन् ।

स्थानिय टोल बस्तिका खेलाडीहरुलाई एकताबद्ध गरेर खेलाडीहरुलाई फुटबल सहित आवस्यक सामग्री ड्रेस प्रदान गरेर नियमित खेल जगतलाई प्रोत्साहित गराउँदै आउनु भएका वाडा अध्यक्ष अमित ठकुरीले धनगढीमाई वाडा नम्बर ४ स्थित रामजानकी खेल मैदानमा वाडा नम्बर ४ द्वारा आयोजित प्रथम वाडा स्तरीय फुटबल प्रतियोगितामा सहभागी गराउनका लागि पुग्नु भएको थियो ।

अत्यन्त रोमाञ्चक बनेको आजको फुटबल प्रतियोगितामा वाडा नम्बर १४ का टीम विजय बनेका छन् ।

स्मरण रहोस्, रामजानकी खेल मैदानमा पहिलोपटक धनगढीमाई ४ र वाडा नम्बर १४ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

“प्रथम वाडा स्तरीय फुटबल प्रतियोगिता २०८०” को लागि उद्दघाटन खेलको लागि तयार पारिएको रामजानकी खेल मैदानमा पहिलोपटक फुटबल धनगढीमाई १४ का टिमको समुहले खेल्ने मौका पाएर खेलसँगै मैदानको पनि उद्दघाटन भएको थियो ।

धनगढीमाई १४ का टिमलाई एतिहासिक जीतसम्म पुगाउँनका लागि वाडा अध्यक्ष अमित ठकुरीको अद्वितीय योगदान रहेको आम बुझाई रहेको छ ।

खेलाडीसँगै खेल अवधि भर मैदानमा उपस्थित रहेका वाडा अध्यक्ष अमित ठकुरीका खेलाडी टिमले विजय हासिल गरेपछि स्थानिय बातावरण पनि अत्यन्त रोमाञ्चक बनेको थियो ।

स्थानिय युवाहरुको चाहाना बमोजिम फुटबल खेललाई उच्च प्राथमिकतामा राखेका वाडा अध्यक्ष अमित ठकुरीले स्थानिय खेलाडीहरुलाई उजागर गर्नका लागि खेलाडी प्रोत्साहित गर्ने हेतुले आवस्यक सहयोग नियमित रूपमा गर्दै आउनु भएको छ ।

धनगढीमाई ४ को रामजानकी खेल मैदानमा जारी वडा स्तरीय गोल्ड कपको सेमीफाईनलमा पुग्न सफल धनगढीमाई १४ ले फुटबल सेमिफाईनल खेल अन्तर्गत धनगढ़ीमाई १० र १४ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो ।

अत्यन्त रोमाञ्चक खेलमा वडा नम्बर १४ ले वडा नम्बर १० लाई १ -२ गोलले पराजित गर्दै फाइनमा प्रवेश गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *