दोलखाको शैलुङ्गमा ५५ फिट अग्लो बौद्ध छोर्तेन निर्माण सम्पन्न !!!

0Shares

दोलखाको शैलुङ्गमा ५५ फिट अग्लो बौद्ध छोर्तेन निर्माण सम्पन्न ।

शैलुङ, दोलखा ।

दोलखा र रामेछाप जिल्लाको सङ्गम स्थल शैलुङ्ग डाँडामा ५५ फिट अग्लो बौद्ध छोर्तेन निर्माण गरिएको छ। २०७३ साल देखि निर्माण कार्य सुरु गरेको शैलुङ्ग बौद्ध स्तुपा एवं छोर्तेन ७ वर्षमा भर्खरै मात्र निर्माण कार्य सम्पन्न भएको हो । यस स्तुपा फिनिसिङ अन्तिममा शैलुङ्ग पेगेरी गुम्बा प्रमुख शोनम लामाको महत्त्वपूर्ण योगदान रहेको छ ।

नवनिर्मित बौद्ध स्तुपा तथा छोर्तेन निर्माण कार्य भएसँगै आगामी फागुन १५ गतेबाट विशेष पूजापाठ गरिँदैछ । यस शैलुङ डाँडाबाट कालिन्चोक, खरिढुङ्गा, गौरीशंकर हिमाल, गणेश हिमाल, जुगल हिमाल दोलखाको सदरमुकाम, तामाकोशी लगायतका अन्य थुप्रै मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *