मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
दोलखाको शैलुङ्गमा ५५ फिट अग्लो बौद्ध छोर्तेन निर्माण सम्पन्न !!!
दोलखाको शैलुङ्गमा ५५ फिट अग्लो बौद्ध छोर्तेन निर्माण सम्पन्न ।
शैलुङ, दोलखा ।
दोलखा र रामेछाप जिल्लाको सङ्गम स्थल शैलुङ्ग डाँडामा ५५ फिट अग्लो बौद्ध छोर्तेन निर्माण गरिएको छ। २०७३ साल देखि निर्माण कार्य सुरु गरेको शैलुङ्ग बौद्ध स्तुपा एवं छोर्तेन ७ वर्षमा भर्खरै मात्र निर्माण कार्य सम्पन्न भएको हो । यस स्तुपा फिनिसिङ अन्तिममा शैलुङ्ग पेगेरी गुम्बा प्रमुख शोनम लामाको महत्त्वपूर्ण योगदान रहेको छ ।
नवनिर्मित बौद्ध स्तुपा तथा छोर्तेन निर्माण कार्य भएसँगै आगामी फागुन १५ गतेबाट विशेष पूजापाठ गरिँदैछ । यस शैलुङ डाँडाबाट कालिन्चोक, खरिढुङ्गा, गौरीशंकर हिमाल, गणेश हिमाल, जुगल हिमाल दोलखाको सदरमुकाम, तामाकोशी लगायतका अन्य थुप्रै मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ।





