यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Tuesday, April 21, 2026
एमाले एक्लैले ३९ सिट जित्छ, ७० क्षेत्रमा कडा प्रतिस्पर्धा : विशाल भट्टराई

२८ साउन, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने बताएका छन् । बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताएका हुन् ।
‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं’, भट्टराईले भने । बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उनले बताए ।
उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने भट्टराईले बताए । एमालेले ५ सिट जित्छ भन्नेहरुले स्थानीय चुनावको नतिजा बिर्सेको भट्टराईले बताए ।





