थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
कतारमा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न
कतारमा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारले २८ औं विश्व मुलवासी दिवस कार्यक्रम भब्य मनाएको छ ।
२०२२ अगष्ट १२ शुक्रबार प्रवास सभा कतारका अध्यक्ष देबिन्द्र गर्बुजा मगरको सभाध्यक्षता र वरिष्ठ सल्लाहकार होम राइको प्रमुख आतिथ्यतामा रेड चिल्ली रेस्टुरेन्ट सभा हलमा सम्पन्न भएको हो ।
कार्यक्रमका विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारका सल्लाहकार सदस्य मित्र घर्ती मगर हुनुहुन्थ्यो भने अथितीमा एम.एन.ओ प्रवास सभा कतारका प्रचारप्रसार सचीव बिनोद शेरपन्जा मगर अथितिहरुमा गोपाल पुन मगर,बुद्धिमान लिम्बु ,अमृत रोका मगर,लाल बहादुर तामाङ,जित बहादुर लामा हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अथिती विशिष्ट अतिथि द्वारा MNO को संस्थापक महामानव ड.गोपाल गुरुङ सिदाहा बुद्ध र नेपालको प्रथम सहिद लखन थापा मगरको तस्वीरमा खदा अर्पण गर्दै MNO को पाँच क्रान्ती प्रतीक दिप प्रज्लन गर्नु भयो भने एक मिनेट मोन धारण साथै कार्यक्रम सुचारु भएको थियो।
विशिष्ट अतिथि मित्र घर्ती मगरले हामी मंगोल दर्शन बुझ्नु पर्ने र विश्व मुलवासी दिवस मनाउनु पर्नेमा आदिवासी जनजाति दिवस मनाउन र कार्यक्रममा जानू भनेको अस्तित्व बिहिन गर्ने पाटी नेता बाटै परिचालित समुह बेला छ्दै सचिनु जरुरी छ भन्नू हुँदै ९ अगष्ट विश्व आदिवासी दिवस नभइ मुलवासी दिवस रहेको प्रष्ट पार्नुभयो ।शेरपन्जा मगरले प्रवास रोजगारिको सिलसिलामा अगस्ट ९ तारीखको दिन बिदा नपरेको हुनाले समय अनुकूल मिलाएर अगस्ट १२ तारिखको दिन मुलवासी दिवस मनाएको भन्नू भयो भने संघ र प्रदेश सदस्यको लागि मुलवासी मंगोल नेताहरुलाइ राज्यसत्ता को भागडोरमा पुराउन आउने मङ्सिर ४ गते भोट हाल्ने र भ्रष्टाचार पाटिका नेतालाइ मङ्सिर ४ गते फ्याक्ने दिन आएको हुनाले प्रवासमा रहनु भएका दाजुभाइ तथा दिदिबहिनीहरुलाइ आआफ्नो घर परिवारलाई सचेत गराउन आग्रह गर्दै २८ औं विश्व मुलवासी दिवसको शुभकामना दिनु भएको थियो।
प्रमुख अतिथी होम राइले भने ९ अगष्टलाई मुलवासी दिवसको बारेमा प्रष्ट्याउनुहुँदै सम्पुर्णलाई विश्व मुलवासी दिवसको शुभकामना दिनुभयो ।अतिथिहरुले मुलवासी दिवसको शुभकामना दिनु भयो भने उपस्तिथि MNO प्रवास सभा कतारका सदस्यहरु श्याम रोका मगर,ओम घले,सोम बहादुर लामा,दिवस रोका मगर,बरेनराज बंशी ,लखन बुढा मगर लगायत शुभचिन्तक मुलवासी मंगोल बाक्लो उपस्थिति भएको थियो।

उक्त कार्यक्रममा MNO प्रवास सभा कतारका सह- सचीव कमल राइले स्वागत मन्तव्य राख्नु भएको थियो भने २८ औं विश्व मुलवासी दिवसको कार्यक्रम प्रवास सभा कतारका अध्यक्ष देबिन्द्र गर्बुजा मगरले समापन गर्नु भएको थियो । मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारका कोषाध्यक्ष नेत्र राना मगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।





