छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ ।।।

1Shares

छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ

थाङ्मीचागु डटकम | ३० कात्तिक २०८३, सोमबार

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा रहेको छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।

तोडफोडका कारण क्षति पुगेको पूजास्थल स्थानीय प्रशासन र प्रहरीको पहलमा पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *