पश्चिमी वायुको प्रभाव देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना ।।।

2Shares

पश्चिमी वायुको प्रभाव देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

थाङ्मीचागु डटकम | ३० कात्तिक २०८३, सोमबार

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावले देशका विभिन्न स्थानमा आंशिक बदली हुनुका साथै केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

मौसममा आएको परिवर्तनसँगै चिसो बढ्न सक्ने भएकाले हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *