भीआईपी तामझामबिनै प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क प्रस्थान
2026-09-22बिगु–८ र कालिञ्चोक–१ जोड्ने मैरे खोला पुल निर्माण सम्पन्न ।।।
2026-09-22किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, छबिधान राईको नेतृत्वमा नयाँ कार्यसमिति ।।।
2026-09-21
बिगु–८ र कालिञ्चोक–१ जोड्ने मैरे खोला पुल निर्माण सम्पन्न ।।।
बिगु–८ र कालिञ्चोक–१ जोड्ने मैरे खोला पुल निर्माण सम्पन्न
दोलखा, २०८३ असोज ६ । बिगु गाउँपालिका–८ र कालिञ्चोक गाउँपालिका–१ जोड्ने मैरे खोलामाथि निर्माण गरिएको स्टिल डेक झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि जीर्ण तथा जोखिमपूर्ण पुलबाट आवतजावत गर्दै आएका स्थानीयवासीलाई राहत मिलेको छ।
यसअघि रहेको पुरानो पुल जीर्ण अवस्थामा रहेकाले स्थानीयवासीले दैनिक आवतजावतमा जोखिम मोल्दै आएका थिए। नयाँ पुल निर्माणसँगै दुई वडाबीचको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
पुल निर्माणका लागि बिगु गाउँपालिकाले ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको जनाइएको छ। त्यस्तै, बागमती प्रदेश सरकारले पुलको माथिल्लो संरचनाका लागि आवश्यक लठ्ठालगायत सामग्रीमा सहयोग गरेको बताइएको छ।
पुल निर्माणमा बिगु गाउँपालिका–८ का वडा अध्यक्ष हिरा थामी तथा युवा नेता एवं समाजसेवी बिक्रम थामीको पहल र समन्वय रहेको जनाइएको छ। त्यस्तै, निर्माण समितिका अध्यक्ष दमई थामीको नेतृत्वमा स्थानीयवासी तथा निर्माण समितिका पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागितामा निर्माण कार्य अघि बढाइएको थियो।
पुल निर्माणमा स्थानीयवासी, जनप्रतिनिधि, अग्रज तथा युवाहरूको उल्लेखनीय सहयोग रहेको बताइएको छ। कालिञ्चोक गाउँपालिका–१ अन्तर्गत डाँडागाउँका केही स्थानीयवासीले समेत सहयोग र साथ प्रदान गरेकोमा निर्माण पक्षले विशेष आभार व्यक्त गरेको छ।
नयाँ पुल निर्माणसँगै शिक्षा, स्वास्थ्य, बजार, व्यापार तथा दैनिक आवतजावतमा सहजता आउने स्थानीयको अपेक्षा छ। पुलले बिगु–८ र कालिञ्चोक–१ बीचको सामाजिक तथा आर्थिक सम्बन्धलाई समेत थप सहज बनाउने विश्वास गरिएको छ।
थाङ्मीचागु डटकम
सत्य, तथ्य, निष्पक्ष खबर
पहिचान, एकता र समुदायको आवाज




