बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
विपद्बाट प्रभावित क्षेत्रमा नेपाली सेनाले सम्बन्धित निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचार लगायतका कार्य गरिरहेको छ।
बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक, पुल तथा यातायात पूर्वाधारमा क्षति पुगेपछि सेनाले अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरेको छ।
त्यस्तै, प्रभावित तथा घाइतेको तत्काल उद्धार गरी उपचारको व्यवस्था मिलाउने, मृतकको शव व्यवस्थापनमा सहयोग गर्ने र दुर्गम तथा प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कामलाई समेत प्राथमिकतामा राखिएको छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।




