बाढीले बगाएको सडकमा युद्धस्तरमा काम बेत्रावती स्कुलसम्म ट्रयाक खोलियो

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा


बाढीका कारण क्षतिग्रस्त भई अवरुद्ध बनेको सडक पुनः सञ्चालनमा ल्याउन युद्धस्तरमा काम अघि बढाइएको छ। सडकमा बाढीले बगाएका तथा क्षतिग्रस्त भागमा पुनः ट्रयाक खोल्ने काम तीव्र पारिएको हो।

निर्माण टोलीले निरन्तर काम अघि बढाउँदै बेत्रावती स्कुलसम्म ट्रयाक खोल्न सफल भएको जनाएको छ। ट्रयाक खुलेसँगै सो क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा केही सहजता हुने भएको छ।

बाढीबाट सडक तथा भौतिक संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको यातायात व्यवस्था सहज बनाउन तत्काल अस्थायी ट्रयाक निर्माणलाई प्राथमिकता दिइएको हो। बाँकी सडकखण्डमा समेत काम तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *