काग-कुकुर, गाई-गोरुको पूजा अगाडि कि चेली-माइतीको पवित्र टीका? बलिहाङ पर्वको मौलिक इतिहास खोजौँ ।।।
2026-11-11धनगढीमाई-१२ आहालेमा पुस्तौँ पुरानो बौकी देवी थानको शिलान्यास !!!
2026-11-11
धनगढीमाई-१२ आहालेमा पुस्तौँ पुरानो बौकी देवी थानको शिलान्यास !!!
धनगढीमाई-१२ आहालेमा पुस्तौँ पुरानो बौकी देवी थानको शिलान्यास !!!
२०८३ कार्तिक २५ गते
संवाददाता : थाङ्मीचागु डटकम (Thangmichagu.com)
सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१२, आहालेस्थित पुस्तौँ पुरानो धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बौकी देवी थानको शिलान्यास गरिएको छ।
वडा अध्यक्ष जयप्रकाश शर्मा, डोटेल माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवकुमार महतो तथा शैक्षिक व्यक्तित्व पाण्डव हमालले संयुक्त रूपमा देवी थानको शिलान्यास गर्नुभएको हो।
स्थानीय बासिन्दाको आस्था, विश्वास र धार्मिक परम्परासँग जोडिएको यस पुरानो देवी थानको संरक्षण, संवर्द्धन तथा व्यवस्थित निर्माण गर्ने उद्देश्यले शिलान्यास गरिएको जनाइएको छ।
यस पहलले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
थाङ्मीचागु डटकम (Thangmichagu.com)




