बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
प्रसूति गराउन पुगेकी महिलाले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी हटाइए
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ।
अस्पतालमा प्रसूति गराउन पुगेकी बबिता पासवानले सडकमै बच्चा जन्माएको घटनापछि अस्पताल प्रशासनले चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाएको हो।
मंगलबार राति श्रीमान् हरेराम पासवानसँगै प्रसूति गराउन अस्पताल पुगेकी बबिताले अस्पतालबाट बाहिरिएपछि सडकमा बच्चा जन्माएकी थिइन्। रगत परीक्षणका लागि आवश्यक रकम अपुग भएपछि आफूहरू अस्पतालबाट बाहिरिनुपरेको परिवारको दाबी छ।
यता अस्पताल प्रशासनले भने परिवारले लगाएको उक्त आरोप सही नभएको जनाएको छ। घटनापछि अस्पताल प्रशासनले डा. उषा देव, स्टाफ नर्स अनिता कुमारी साह, सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाएको हो।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले विभिन्न समितिहरू गठन गरी घटनाबारे छानबिन भइरहेको जानकारी दिए।
उनका अनुसार गठन भएका विभिन्न समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई कामकाजबाट अलग गरिएको हो।
छानबिन समितिको अन्तिम प्रतिवेदनपछि घटनामा कर्मचारीहरूको संलग्नता तथा जिम्मेवारीबारे थप निर्णय हुने अस्पताल प्रशासनले जनाएको छ।




