बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले जडान सुरु गरेको एक्रो ब्रिजको काम सम्पन्न गरेको छ।

नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको पुल जडानको काम केही बेरअघि सम्पन्न भएको हो। पुल निर्माण सम्पन्न भएसँगै देवीघाट क्षेत्रमा रोकिएको आवागमन क्रमशः सहज हुने भएको छ।

नयाँ पुलबाट भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। त्यसैगरी पर्सिदेखि सवारी साधनसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

बाढीले पुल बगाएपछि स्थानीयवासी तथा यात्रुहरूले आवतजावतमा ठूलो समस्या भोग्दै आएका थिए। नेपाली सेनाले अस्थायी वैकल्पिक पुल निर्माण गरेसँगै त्यस क्षेत्रमा यातायात तथा दैनिक जनजीवन सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *