ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले मुलुकमा रहेका ग्यास उद्योगको संख्या घटाएर सीमित उद्योग मात्रै सञ्चालन गर्नुपर्ने धारणा राखेकी छन्।

मन्त्री यादवले ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको भन्दै दुईवटा उद्योग मात्रै राखेर बाँकी खारेज गर्नुपर्ने बताएकी छन्। उनले उद्योग मन्त्रालयका कर्मचारीहरू उद्योगीको प्रभावमा परेर काम गरिरहेको आरोपसमेत लगाएकी छन्।
उनले आफूले दिएको निर्देशन कर्मचारीहरूले समेत पालना नगरेको गुनासो गर्दै उद्योगीहरूबाट आफूलाई लक्षित गर्ने काम भइरहेको दाबी गरेकी छन्।

ग्यास आपूर्ति सहज हुन उद्योगीहरूलाई कडाइका साथ नियमन गर्नुपर्ने उनको भनाइ छ। ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्दै उनले ग्यास क्षेत्रमा कडा कदम चाल्नुपर्ने निष्कर्ष सुनाएकी छन्।

मन्त्री यादवको यस्तो अभिव्यक्तिले ग्यास उद्योगको संख्या, नियमन र आपूर्ति व्यवस्थापनबारे पुनः बहस सिर्जना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *