बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
2026-09-10ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
2026-09-10
Thursday, September 10, 2026
चिलिमे सुरुङ उद्धारमा सघाउन कुलमान घिसिङलाई नेपाली सेनाको आग्रह
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।
विदेशी विज्ञसहितको टोलीलाई पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव उपलब्ध गराउन सेनाले आग्रह गरेपछि घिसिङ बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
घिसिङले यसअघि पनि उद्धार भइरहेको क्षेत्रको रेकी (स्थलगत निरीक्षण) गरेका थिए। सुरुङभित्रको अवस्था, पहुँच मार्ग तथा उद्धार कार्यमा देखिएका प्राविधिक चुनौतीबारे उनको अनुभव उपयोगी हुने अपेक्षासहित सेनाले समन्वयका लागि आग्रह गरेको बताइएको छ।
विदेशी विज्ञसहितको टोली र नेपाली सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटिरहेका बेला घिसिङको प्राविधिक सुझावले उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।




