वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरण, ८७ हजार सिलिन्डर काठमाडौं भित्रिए
2026-09-06बाढीले पुल बगाएपछि देवीघाटमा नेपाली सेनाले बनायो बेलिब्रिज
2026-09-06
Sunday, September 6, 2026
एघारौँ दिन बेत्रावतीमा चमत्कार चौथो तलाबाट महिलाको जीवितै उद्धार
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

नुवाकोट । विध्वंसकारी भोटेकोशी बाढी आएको ११औँ दिन नुवाकोटको बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।
विदुर नगरपालिका–१० बेत्रावतीस्थित एक घरको चौथो तलाबाट स्थानीय चन्डिका श्रेष्ठलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार श्रेष्ठलाई बेत्रावती बजारस्थित घरबाट जीवितै उद्धार गरिएको हो।
यसैबीच, आजै अपर त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको समेत जीवितै उद्धार गरिएको छ।
बाढी आएको ११ दिनपछि दुई जनाको जीवितै उद्धार भएपछि प्रभावित क्षेत्रमा आशा र उत्साह थपिएको छ।
लगातार खोज तथा उद्धार अभियान जारी रहेकाले अझै पनि सम्पर्कविहीन तथा फसेका व्यक्तिहरू भेटिने आशा गरिएको छ।




