४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
दोलखामा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु ।।।
दोलखामा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु ।।।
थाङमिचागु डटकम संवाददाता

माया स्याङ्तान,दोलखा, मंसिर ३ – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार, दुर्घटनामा परी जिल्लाको विगु गाउँपालिका–२ निवासी आङ फुर्वा तामाङको मृत्यु भएको हो ।
तामाङ आफैंले चलाएको बा ५० प ५३३६ नम्बरको मोटरसाइकल विगु गाउँपालिका–१ को छ्योतछ्योत बस्तीभन्दा माथि ठोङठोङ भीरमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको अनुमान गरिएको छ । दुर्घटनामा परेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।





