इराक–कुर्दिस्तानमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम, तामाङ समुदायको भव्य तयारी

0Shares

इराक–कुर्दिस्तानमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम, तामाङ समुदायको भव्य तयारी

७ मङ्सिर -आइतबार २०८२,सम्बादाता थाङ्मीचागु डटकम

इराक–कुर्दिस्तान, सर्चिनार । तामाङ समुदायको भाषा, धर्म, कला र संस्कृतिको जगेर्नाको उद्देश्यसहित नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकले आगामी मञ्जुश्री संवत् 2862 सोनाम ल्होछार – ता ल्हो (घोड वर्ग) विशेष कार्यक्रमसहित मनाउने भएको छ।

सन् 2018 देखि निरन्तर रूपमा ल्होछार उत्सव मनाउँदै आएको घेदुङले यस वर्षको कार्यक्रमलाई अझ भव्य र व्यवस्थित रूपमा प्रस्तुत गर्ने तयारी गरेको अध्यक्ष अर्जुन तामाङ (aryamok) ले जानकारी दिए।

समुदायबीच एकता, सहयोग र सांस्कृतिक पहिचानलाई सुदृढ गर्ने उद्देश्य राखिएको यस कार्यक्रममा इराक–कुर्दिस्तानमा रहेका तामाङ तथा गैरतामाङ सबै दाजुभाइ–दिदीबहिनीहरूको सहभागिता अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख आकर्षणहरू

  • प्रसिद्ध सेलो गायक तथा संगीतकार प्रकाश तामाङ तितुङ
  • चर्चित म्हेन्दो माया तथा लोकदोहोरी गायिका मनमाया तामाङ
  • स्थानीय कलाकारहरूको विशेष प्रस्तुति

तामाङ भाषा, कला र परम्पराको संरक्षण–सम्वर्द्धनमा लागिरहेको संस्था नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकले “ल्हासो फ्याफुल्ला” भन्दै इराक–कुर्दिस्तानभर रहेका समुदायलाई सांस्कृतिक एकताको लागि जोडिन आग्रह गरेको छ।

कार्यक्रम विवरण

  • मिति: 23 January 2026
  • स्थान: ओस्कार हल, सर्चिनार, सुलेमानी

सांस्कृतिक पहिचान सुरक्षित गर्न सबैको सहभागिता महत्वपूर्ण हुनेमा आयोजक पूर्ण विश्वस्त देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *