मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
नेपालको राष्ट्रिय झण्डा: विश्वकै अनुपम र ऐतिहासिक पहिचान ।।।
नेपालको राष्ट्रिय झण्डा: विश्वकै अनुपम र ऐतिहासिक पहिचान ।।।
विनोद अविरल, मंसिर १
विश्वमै अति सुन्दर झण्डाको रूपमा नेपालको राष्ट्रिय झण्डा रहेको छ । यो झण्डा आकारमा अद्वितीय हुनुका साथै यसको धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व पनि गहन छ ।
नेपालको राष्ट्रिय झण्डा शंकर नाथ रिमालले डिजाइन गरेका हुन् । तत्कालीन अवस्थामा उहाँ राजदरबारमा वास्तु शास्त्रमा कार्यरत हुनुहुन्थ्यो ।
यस झण्डामा दुई त्रिकोण (Triangle) रहेका छन्, जुन विश्वका अन्य राष्ट्रका झण्डाहरूभन्दा भिन्न छ ।
डिजाइनर रिमालले गणित, धर्म र राष्ट्रिय पहिचानको गहन ख्याल गरेर यसलाई निर्माण गरेका छन् ।
झण्डाको माथिल्लो त्रिकोणमा चन्द्र र तल्लो त्रिकोणमा सूर्य अङ्कित गरिएको छ ।
झण्डामा भएको रातो रङ्गले वीर नेपालीहरूको साहस र रगतको प्रतीक मानिन्छ भने झण्डाको बाहिरी किनारामा रहेको नीलो रङ्गले शान्ति संस्कृतिलाई जनाउँछ ।
झण्डाको दुई त्रिकोणात्मक किनारहरूले हिमाल र तराईलाई जोड्ने कार्य गर्दछ, जसले नेपालको भौगोलिक विविधतामा एकतालाई प्रतिबिम्बित गर्दछ ।




