बिगु गाउँपालिकाका विभिन्न बस्तीमा मोबाइल नेटवर्कको समस्या आफन्तसँग सम्पर्क गर्नै कठिन

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

चरिकोट (दोलखा)। दोलखा जिल्लाको बिगु गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल नेटवर्कको समस्या कायम रहँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

मोबाइल टावरको नेटवर्क आउने–जाने समस्याका कारण विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तसँग नियमित रूपमा कुराकानी गर्नसमेत कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो छ।

विशेषगरी रोजगारीका लागि विदेशमा रहेका परिवारका सदस्यसँग सम्पर्क गर्न नेटवर्ककै भर पर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। नेटवर्क नहुँदा आवश्यक सूचना आदानप्रदान गर्न तथा आपत्कालीन अवस्थामा सम्पर्क गर्नसमेत समस्या हुने गरेको उनीहरूको गुनासो छ।

सूचना तथा सञ्चार प्रविधिको विकास भइरहेका बेला पनि ग्रामीण क्षेत्रका नागरिकले भरपर्दो मोबाइल सेवाबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

स्थानीयवासीले मोबाइल नेटवर्कको समस्या समाधान गरी नियमित र गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन सम्बन्धित दूरसञ्चार सेवा प्रदायक तथा निकायसँग माग गरेका छन्।

थाङमिचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *