लापिलाङ युवा सञ्जाल कप २०८३ को उपाधि कालिन्चोक अल स्टारलाई
2026-10-19मलेसियामा उपचारका क्रममा सरस थामीको निधन !!!
2026-10-19
Tuesday, October 20, 2026
राति पनि तीव्र गतिमा आरुघाट पुलमा बेलिब्रिज जडान सञ्चालनको तयारी
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

गोरखा । धादिङ र गोरखा जोड्ने आरुघाट पुलको क्षतिग्रस्त भागमा बेलिब्रिज जडान गर्ने काम तीव्र गतिमा भइरहेको छ। बाढीले क्षति पुर्याएको पुल पुनः सञ्चालनमा ल्याउन नेपाली सेना र सम्बन्धित प्राविधिक टोलीले काम गरिरहेका छन्।
गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले पुलको गोरखातर्फको २२ मिटर आरसीसी भाग बगाएको थियो। पुलको ट्रस संरचना भने सुरक्षित रहेको थियो।
सडक सम्पर्क पुनःस्थापना गर्न क्षतिग्रस्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो। कात्तिक १ गते प्रकाशित समाचारअनुसार बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको र यातायात सञ्चालनको तयारी गरिएको छ।
पुल सञ्चालनमा आएपछि धादिङ र गोरखाका स्थानीय बासिन्दा तथा उत्तरी गोरखातर्फ आवतजावत गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।




