रसुवा बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको पशुपति आर्यघाटमा अन्तिम बिदाइ।।।
2026-09-19प्रधानमन्त्री वालेन्द्र शाह र जेन्जी पुस्ताका सांसदबीच विशेष अन्तरक्रिया
2026-09-18
प्रधानमन्त्री वालेन्द्र शाह र जेन्जी पुस्ताका सांसदबीच विशेष अन्तरक्रिया
संवाददाता :भिमकुमार थामि
चरिकोट दोलखा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र जेन्जी पुस्ताका सांसदहरूबीच विशेष अन्तरक्रिया भएको छ। अन्तरक्रियामा मुलुकको समसामयिक अवस्था, युवा पुस्ताका प्राथमिकता तथा आगामी दिनमा अघि बढाउनुपर्ने विभिन्न नीतिगत विषयमा छलफल भएको छ।
कार्यक्रममा प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार, स्टार्टअप प्रवर्द्धन, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र दिगो विकास लगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
युवा पुस्तालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने प्रविधिको अधिकतम प्रयोगमार्फत सरकारी सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउने तथा शिक्षा र स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्ने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।
अन्तरक्रियामा जेन्जी पुस्ताका सांसदहरूले युवा पुस्ताका अपेक्षा, चुनौती र प्राथमिकताबारे धारणा राखेका थिए भने प्रधानमन्त्री शाहले उठाइएका विषयमा आवश्यक पहल तथा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।




