Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग
अरबिल, इराक — १४ भदौ २०८३
रसुवामा आएको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि इराकको अरबिलस्थित Asian Nepali Restaurant का सञ्चालक सोनाम शेर्पाले रु. ३० हजार आर्थिक सहयोग गरेका छन्।
मातृभूमिमा प्राकृतिक विपत्ति आइपरेका बेला विदेशमा रहेर पनि पीडित नेपालीहरूको दुःखमा साथ दिने उद्देश्यले शेर्पाले उक्त सहयोग गरेका हुन्।
बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला शेर्पाले गरेको आर्थिक सहयोगले मानवीय सेवाप्रतिको जिम्मेवारी र मातृभूमिप्रतिको अपनत्वलाई समेत प्रतिबिम्बित गरेको छ।
विदेशमा रहेर व्यवसाय सञ्चालन गर्दै आएका नेपालीहरूबाट विपत्तिमा परेका नागरिकका लागि सहयोग जुट्नु सकारात्मक र अनुकरणीय कार्यका रूपमा लिइएको छ। रसुवा बाढीपहिरो पीडितका लागि गरिएको यस सहयोगले राहत अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
सोनाम शेर्पाको सहयोगप्रति थाङ्मीचागु डटकम परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
थाङ्मीचागु डटकम
मानवताको साथ, संकटमा हातेमालो।



