रसुवाको भोटेकोशी बाढीप्रति नेपाल थामी समाज मलेसियाको गहिरो दुःख, मृतक परिवारमा श्रद्धाञ्जली ।।।
2026-08-26नेपालको विपद्मा छिमेकी मुलुकको चासोः मोदीको टेलिफोन, चीनले नगद सहयोग गर्ने
2026-08-26
रसुवाको भोटेकोशी बाढीप्रति नेपाल थामी समाज मलेसियाको गहिरो दुःख, मृतक परिवारमा श्रद्धाञ्जली ।।।
रसुवाको भोटेकोशी बाढीप्रति नेपाल थामी समाज मलेसियाको गहिरो दुःख, मृतक परिवारमा श्रद्धाञ्जली
काठमाडौं, २६ अगस्ट २०२६ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल थामी समाज मलेसियाले गहिरो दुःख व्यक्त गर्दै वक्तव्य जारी गरेको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
मृतक परिवारप्रति नेपाल थामी समाज मलेसियाको परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समाजले हार्दिक समवेदना व्यक्त गरेको छ।
बाढीका कारण घाइते तथा प्रभावित हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस दुःखद् घडीमा प्रभावित परिवार तथा समुदायको पीडामा आफूहरू पूर्ण रूपमा साथमा रहेको समाजले जनाएको छ।
नेपाल थामी समाज मलेसियाले प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिन नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सम्पूर्ण सरोकारवालासमक्ष हार्दिक अपिल गरेको छ।
त्यस्तै, बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, सुरक्षित स्थानमा स्थानान्तरण, घाइतेको उपचार तथा प्रभावित परिवारका लागि आवश्यक राहत सामग्रीको तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विपत्तिको यस कठिन समयमा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि देश–विदेशमा रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था तथा सहयोगी मनहरूलाई आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्न समाजले हार्दिक आह्वानसमेत गरेको छ।
समाजले प्राकृतिक विपत्तिको समयमा मानवीय एकता, सहयोग र सहकार्य नै महत्वपूर्ण हुने उल्लेख गर्दै प्रभावित नागरिकको जीवनरक्षा तथा राहत व्यवस्थापनमा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।
नेपाल थामी समाज मलेसियाले जारी गरेको उक्त वक्तव्यबारे समाजका अध्यक्ष सन्तोष ठान्टी थाङ्मीले थाङ्मीचागु डट कमलाई जानकारी गराउनुभएको हो।
नेपाल थामी समाज मलेसिया
अध्यक्ष
सन्तोष ठान्टी थाङ्मी




